संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुनुअघि त्यसमा सवार २ जनाले हाम फालेको खुलेको छ।
संखुवासभाको भोटेखोला ४ मा शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भएको दुर्घटनाअघि हाम फालेका २ जना सकुशल भेटिएका हुन्।
यसरी हामफालेर पनि सकुशल रहनेमा संखुवासभाकै चेपुवाका छिरिङ भोटे र सिम्रिक एयरकै कर्मचारी रहेका छन्। ती कर्मचारीको नाम खुल्न बाँकी छ।
भोटेखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले हाम फालेका दुवै जनालाई कुनै चोटपटक नरहेको नेपालखबरलाई बताए।
उक्त दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन्। छिरिङ भोटे सोही गाउँपालिकाका स्थानीय रहेृको पनि वडाध्यक्ष तामाङले बताए।
1.3k
Shares
प्रतिक्रिया