जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक बिनोद विष्ट घुस रकमसहित पक्राउ परेका छन्।
विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सइ विष्टलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ नगद र १ लाख ५० पचास हजार रुपैयाँको चेक गरी दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
सइ विष्टमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन्।
63
Shares
प्रतिक्रिया