ad ad

समाज


काठमाडौंमा चल्यो हावाहुरी, चक्रवातको असर हो कि?

काठमाडौंमा चल्यो हावाहुरी, चक्रवातको असर हो कि?

यो बंगलादेशमा चक्रवातले आएको हावाहुरीको तस्बिर हो।


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:४१, काठमाडौँ

अहिले काठमाडौं उपत्यकामा वर्षासँगै हावाहुरी चलिरहेको छ। उता मोखा नामको शक्तिशाली चक्रवातले भारत, बंगलादेश र म्यानम्यारमा आतंक मच्चाइरहेका बेला कतै नेपालमा पनि त्यसकै प्रभाव हो कि? 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, ‘होइन, त्यो चक्रवातको असर अहिले नेपालसम्म आइपुगेको छैन, काठमाडौंमा चलिरहेको हावाहुरी पश्चिमी वायुको प्रभाव हो, यो केही बेरपछि कम हुने सम्भावना छ।’

उनका अनुसार आज राति काठमाडौं उपत्यकामा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना छ। अहिले पानी पर्न सुरु भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .