ad ad

समाज


लोककल्याणकारी विज्ञापन स्थगित गर्ने निर्णयप्रति महासंघको आपत्ति

लोककल्याणकारी विज्ञापन स्थगित गर्ने निर्णयप्रति महासंघको आपत्ति

नेपालखबर
जेठ ७, २०८० आइतबार १५:४८, काठमाडौँ

नेपाल पत्रकार महासंघले जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ।

बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने सूचना २०८०।०१।३१ गते प्रकाशित गरेको थियो। सो सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

‘छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘कोरोना संक्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धरासायी हुने महासंघको ठहर छ।’

लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध रहेको महासंघको ठहर छ। महासंघले ‘छापामाध्यमको हितविरुद्ध हुने यस्ता निणर्य तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण’ गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .