आज मे ३१, अर्थात् विश्व धूमपानरहित दिवस। सन् १९८८ यता हरेक वर्ष मनाइँदै आएको यस दिवसमा धूमपान नगर्नेबारे चेतना फैलाउन विभिन्न कार्यक्रम हुँदै आएका छन्।
यस वर्ष ‘हामीलाई खाना चाहिएको छ, धूमपान होइन’ भन्ने रहेको छ।
धूमपान एउटा यस्तो कुलत हो जसले स्वास्थ्यसँग सम्बन्धित धेरै रोग निम्त्याउँछ। सुरुमा पाँच दिनमा एउटा चुरोट पिउने गरी मानिस यो लतमा फस्छ, विस्तार दिनमै पाँचवटा भन्दा बढी चुरोट खाने आदत बस्छ। र, विस्तारै यसलाई छोड्न मुस्किल हुन जान्छ।
यदि तपाई पनि चुरोट वा चुरोटको लतबाट हैरान हुनुहुन्छ भने यहाँ केही यस्ता उपाय छन्, जसलाई अपनाएर लतबाट छुट्कारा पाउन सकिन्छ। यस्ता छन् चुरोटको लतबाट छुट्कारा पाउने केही उपाय:
आसपास सूर्तीजन्य पदार्थ नराख्नुस्
आफ्नो खल्ती, कार, घर वा अफिसमा चुरोटको प्याकेट नराख्नुहोस्। यति मात्रै होइन, लाइटर, सलाई र एस्ट्रे पनि नराख्नुस्।
यदि तपाईंले आफ्नो वरिपरि चुरोट राख्नुभएको छैन भने, तपाईं चुरोट सेवनका लागि बाहिर पसल वा बजार जानुपर्ने हुन्छ। यसरी बारम्बार चुरोट खाने बानी छ भने तपाईं बारम्बार बाहिर गइराख्नुहुन्छ। यसरी धूमपान गर्ने बानीमा कमी आउँछ।
व्यायाम गर्नुहोस्
जब तपाईं शरीरलाई तन्दुरुस्त राख्ने प्रयास गर्नुहुन्छ, व्यायाम गरिरहनुहुन्छ र सक्रिय रहनुहुन्छ, तब चुरोट पिउने इच्छाले विचलित हुन थाल्छ। दैनिक हिँड्ने, दौडने र जगिङ गर्ने गर्दा पनि शरीर चुस्त रहन्छ।
तलतल लाग्दा केही अरु चबाउनुस्
चुरोट पिउने ध्यान हटाउन अरु केही चपाउनु फाइदाजनक साबित हुन सक्छ। चिनीरहित च्युइगमम, केही टफी, बिस्कुट, फलफूल वा खाजा वरपर राख्नुहोस्। यसरी चुरोट पिउने मन लाग्यो भने केही खाएर वा पिएर आफ्नो तृष्णा कम गर्न सकिन्छ।
टाढा रहनुहोस्
यदि तपाईलाईँलाई केही देखेर वा जसलाई भेट्दा चुरोट पिउन मन लाग्छ त्यस्ता व्यक्तिबाट टाढा रहनुहोस्। धूमपान गरिरहेको ठाउँमा नजानुस् वा तनाव हुँदा चुरोट खाऊँ जस्तो लाग्छ भने तनाव कम गर्ने अन्य उपाय खोज्नुहोस्।
आफूलाई सम्झाइराख्नुहोस्
धूमपान गरेकोबारे आफूलाई सम्झाइराख्नुहोस्। चुरोट छोड्न चाहनुहुन्छ भने यो संकल्प गर्नुपर्छ। दृढ भएर।
(नोट: यो सामग्रीले सल्लाहसहित सामान्य जानकारी मात्रै प्रदान गर्छ। थप जानकारीका लागि विशेषज्ञ वा चिकित्सकसँग परामर्श गर्नुहोस्।)
Shares
प्रतिक्रिया