ad ad

समाज


काठमाडौं-२९ का अध्यक्षमाथि जग्गा हिनामिनाको आरोप, निलम्बन गर्न माग

काठमाडौं-२९ का अध्यक्षमाथि जग्गा हिनामिनाको आरोप, निलम्बन गर्न माग

नेपालखबर
असार ५, २०८० मंगलबार १९:१, काठमाडौँ

काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग भएको छ।

सरकारी जग्गा हिनामिना गरेको भन्दै कामनपा २९ का अध्यक्ष ढकाललाई निलम्वन गरी कारबाहीको माग सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोजेको आरोप लगाएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सीआईबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो।

वडा अध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नम्बर नम्बर ५ कित्ता नम्बर १४३ को जग्गामध्येकै स्थानीय समुदायको हीतमा प्रयोग हुँदै आएको साविक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झन्डै दुई अर्ब मूल्य पर्ने धोबीखोलाको १२ रोपनी भन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि २०७७ साल फागुन ९ गते सिफारिस गरी आफ्नो पदीय मर्यादा भुलेको आरोप लगाएको छ।

धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न हुनु भ्रष्टाचार भएको भन्दै वडा अध्यक्ष ढकाललाई तत्काल निलम्वन गरी छानपिबन गर्न आग्रहसमेत गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबी खोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाहरुले बेच्दै हिँडेको भन्दै
त्यसको खबरदारी स्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए।

उनले सरकारको जग्गा सरकारकै नाममा रहनुपर्ने र स्थानीय सरकार संविधान अनुसार चल्नुपर्ने बताए। उनले स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने भएकाले बेचेर खाने अधिकार नरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .