सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ परिसरमा पसेको छ।
आइतबार अपरान्ह ४ बजे अख्तियारको टोली सुटुक्क पशुपतिनाथ परिसरमा छिरेको हो।
अख्तियार आउने भएपछि प्रहरीले पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार बन्द गरेको थियो।
अहिले पशुपति क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ। सर्वसाधारण कसैलाई पनि दर्शन गर्न नदिने गरी गर्भगृहका ढोका बन्द भइसकेका छन्।
जलहरी प्रकरण छानबिनका लागि यसअघि नै सरकारले अख्तियारलाई जिम्मा लगाएको बताएको थियो।
पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूरै ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद भएको थियो।
त्यसबेला नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरण अख्तियारले छानबिन गरेर टुंगोमा पुर्याउने बताउँदै संसद्मा विवाद गर्नु उचित नभएको उल्लेख गरेका थिए।
पशुपतिमा अख्तियारको टोली, अन्य सबैलाई निकालेर चारै ढोका बन्द गरियो
पशुपतिमा अख्तियार आउने भएपछि...(तस्बिरहरू)
खाली गरिएको पुशपतिका दृश्य
Shares
प्रतिक्रिया