प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ गरेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागार्जुनका राजेन्द्रप्रसाद खनाल र विशाल खनाललाई पक्राउ गरेको हो।
आफू प्रधानमन्त्रीको सल्लाहकार भएको र राजनीतिक पहुँचका आधारमा नाफा हुने गरी विभिन्न व्यवसायमा लगानीका नाममा पैसा लिएर ठगी गरेको आरोपमा उनीहरूलाई झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता छ। उनीहरूले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएको प्रहरीले जानकारी दिएको छ।
उक्त विषयमा थप अनुसन्धान गरी ईलाका प्रहरी कार्यालय झापा पठाइएको छ।
93
Shares
प्रतिक्रिया