ad ad

समाज


सम्सी गाउँपालिकाका लेखापालविरुद्ध आरोप पत्र दायर

सम्सी गाउँपालिकाका लेखापालविरुद्ध आरोप पत्र दायर

नेपालखबर
साउन १५, २०८० सोमबार १७:५०, काठमाडौँ

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

राउतले सम्सी गाउँपालिका–५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल रौशन कुमार राउतलाई सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा असार २० गते नियन्त्रणमा लिएको थियो।

राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .