सिन्धुलीमा पनि भारी वर्षाका कारण बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुलीका हरिहरपुरगढी, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको हो। वर्षा अझै बढ्ने देखिएको छ।
तसर्थ कोखाजोर खोला, मरिन खोला र आसपासका ससाना खोलामा आकस्मिक बाढी आउने तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ।
विभागले आज बिहान ५ बजे जारी गरेको सूचनामा भनिएको छ– पछिल्लो ३/६ घण्टा बागमती जलाधारको हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको, थप हुने देखिएको, कोखाजोर खोला, मरिन खोला र आसपासका ससाना खोलामा आकस्मिक बाढी हुनाका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाऔँ।
69
Shares
प्रतिक्रिया