ad ad

समाज


बाढी-पहिरोले चार राजमार्गका ३४ स्थानमा अवरोध, केही ठाउँमा यातायात ठप्प

बाढी-पहिरोले चार राजमार्गका ३४ स्थानमा अवरोध, केही ठाउँमा यातायात ठप्प

फाइल तस्बिर


रासस
साउन २४, २०८० बुधबार ८:५७, काठमाडौँ

वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन्।

बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन्।
 
तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ। 

भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड  अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। 

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ। 

धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्ड पूर्णरूपमा अवरुद्ध  छ। 

यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ। एक सय मिटर सडक भासिएको विभागले जनाएको छ। सडकको अवरोध हटाउन प्रयास भइरहेको छ।
 
बाढी–पहिरोका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन्। 

डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .