ad ad

समाज


उर्लियो सप्तकोसी, यी ३ जिल्लामा भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह

उर्लियो सप्तकोसी, यी ३ जिल्लामा भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह

फाइल फाेटाे


नेपालखबर
साउन २८, २०८० आइतबार १९:१९, काठमाडौँ

सप्तकोसीसहित विभिन्न नदीमा बाढी बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुनसक्ने क्षेत्रमा भोलि (सोमबार) बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागले आज साँझ ६ बजे जारी गरेको सूचनाअनुसार सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ र  सतर्कता तह (६ मि.) नजिक पुगेको छ।

अगाडि भनिएको छ– तमोर, सुनकोसी र अरुणमा पनि  जलसतह बढ्दो रहेकाले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले भोलि (सोमबार) बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाऔँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .