गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।
मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।
सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ। त्यस्तै चितवनका सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ।
मन्त्रालयले नुवाकोटका किरण थापालाई सप्तरीको सिडिओ बनाएको छ।
उता धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको छ।
87
Shares
प्रतिक्रिया