ad ad

समाज


मकवानपुरमा युवकले काटे आफ्नै संवेदनशील अंग, उपचारका लागि चितवन लगियो

मकवानपुरमा युवकले काटे आफ्नै संवेदनशील अंग, उपचारका लागि चितवन लगियो

नेपालखबर
साउन ३२, २०८० बिहिबार ११:४९, हेटौंडा

मकवानपुरमा एकजना युवकले आफ्नै संवेदनशील (गोप्य) अंग काट्दा गम्भीर घाइतेका छन्। 

हेटौडा उपमहानगरपालिका-१०  बसपार्कस्थित फूलबारी होटल एन्ड लजको १ नम्बर कोठामा बसेका मकवानपुरगढी गाउँपालिका-७ नया गाँउ बस्ने २२ वर्षीय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग (लिङ्ग) काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

गोप्य अंग काटेपछि उनलाई बुधबार राति ११ बजेर ४६ मिनेटमा अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई चितवन रिफर गरिएको छ।

घाइते भएका हुमागाईँले प्रहरीसँगको सोधपुछका क्रममा आफैँले काटेको बताएका छन्। तर उनले आफ्नै लिङ्ग किन काटे भन्ने खुल्न सकेको छैन।

उनी घाइते भए पनि बोल्न सक्ने अवस्थामा रहेका बागमती प्रदेश प्रहरी कार्यालयले बिहीबार जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .