ad ad

समाज


पेस्तोलसहित भारतबाट नेपाल आउँदै गरेका दुई युवक समातिए

पेस्तोलसहित भारतबाट नेपाल आउँदै गरेका दुई युवक समातिए

नेपालखबर
भदौ ३, २०८० आइतबार ११:४७, काठमाडौँ

भारतबाट पेस्तोल बोकेर नेपाल छिरेका दुई युवकलाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ।

एकथान अटोमेटिक पिस्तोल र अर्को घरेलु हतियार बोकेर रातिको बेला नेपाल आउँदै गरेका ती दुई युवा समातिएका हुन्। 

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरले शनिबार राति सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरू बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा पर्सा गाउँपालिका–६ हुँदै नेपाल आउँदै थिए ।

उनीहरुको साथबाट दुईवटा पेस्तोल र गोलीसँगै ११ हजार ६८० तथा भारतीय बैंकको एटीएम कार्ड पनि बरामद गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .