राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान स्वास्थ्य परीक्षण गराएका छन्।
महाराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा पुगेर राष्ट्रपति पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन्।
पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले मुटुको परीक्षण गरिसकेर राष्ट्रपति पौडेल अस्पताल गए फर्किसकेको बताए।
गत असार ५ गते राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो।
राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। त्यसपछि पौडेलको मुटुको शल्यक्रिया भएको थियो।
त्यसपछि उनी लामो समय अस्पताल बसेर १३ असारमा डिस्चार्ज भएका थिए। राष्ट्रपतिमा निर्वाचित भएयता पौडेलले पटक पटक स्वास्थ्यमा गम्भीर समस्या भोग्दै आएका छन्।
18
Shares
प्रतिक्रिया