ad ad

समाज


डोल्पाको ब्यारेकबाट मेजर बेपत्ता, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली

डोल्पाको ब्यारेकबाट मेजर बेपत्ता, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार १३:५६, काठमाडौँ

नेपाली सेनाका एकजना गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन्। 

डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले नेपालखबरलाई बताए।

‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’

पोखरेलले मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली  नै त्रिपुरातिर परिचालित गरिएको बताएका छन्।

‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’

मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए। 

मेजर पण्डित ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको प्रजिअ पोखरेलले बताए।

पोखरेले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .