ad ad

समाज


पाल्पा दुर्घटना : मृतक तीनैजनाको सनाखत

पाल्पा दुर्घटना : मृतक तीनैजनाको सनाखत

नेपालखबर
भदौ १३, २०८० बुधबार १३:२७, पाल्पा

पाल्पाको रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा आज बिहान भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनैजनाको पहिचान खुलेको छ। 

मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकला चुदारा र कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले मृतक तीनैजनाको सनाखत भएको जानकारी दिए। 

सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। गाडीमा सवार अन्य आठजना घाइते भएका छन्। अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए। 

दुर्घटनाका सम्बन्धमा अहिले थप अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .