पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ।
राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा शुक्रबार बिहान एउटा चितुवा मृत फेला परेको हो।
स्थानीयवासीले खबर गरेलगत्तै पुगेको डिभिजन वन कार्यालयको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेको छ।
डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।
पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो। रासस
27
Shares
प्रतिक्रिया