पहिलोपटक सार्वजनिक कार्यक्रममा पशुपति शमशेर जबराकी श्रीमती
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम भइरहेका छन्।
गौशालास्थित अनुपम फुडल्यान्डमा उप्रेती समाज सेवा समितिले तीज कार्यक्रम आयोजान गरेको।
कार्यक्रममा देशभरबाट काठमाडौं उपत्यकामा बस्दै आएका उप्रेतीहरु भेला भएका थिए।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी राणा थिए।
पशुपति शमशेरकी श्रीमती उषा राज्यलक्ष्मी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन्।
उषाले तीज कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन्।
त्यस्तै, पशुपति शमशेरले श्रीमती उषासहित तीजमा नाच्न पाउने अवसर यसअघि नजुटेको बताए।
‘म र मेरी पत्नी भएर तपाईंहरुसँग बिताउन पाउँदा खुसी भएको छु,’ उनले भने।
अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा उपस्थितहरुसँग उषा र पशुपतिले नाचगान गरेका थिए। कार्यक्रममा उनीहरुले ७५ वर्षमाथिका वृद्धहरुलाई सम्मान गरेका थिए।
Shares
प्रतिक्रिया