अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसला चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएका तीनवटा फैसलाउपर चित्त नबुझी अख्तियार सर्वोच्च पुगेको हो।
जसमा प्रतिवादीहरु नवीन शर्मा, शिवशंकर पोखरेल विरुद्धको चार लाख ५६ हजार ४३१ रुपैयाँ ३५ पैसा विगो कायम रहेको भ्रष्टाचारसम्बन्धी मुद्दा रहेको छ।
यस्तै, प्रतिवादी राजेन्द्र बहादुर भण्डारीविरुद्धको जम्मा विगो २० लाख ७८ हजार ६ सय कायम भएको भ्रष्टाचार मुद्दा र प्रतिवादीहरु रेशम बहादुर थापा क्षेत्री, मोदनाथ पौडेल, बद्रिनाथ रेग्मी, बालकृष्ण अर्यालविरुद्धको मुद्दा रहेको छ।
42
Shares
प्रतिक्रिया