ad ad

समाज


बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
असोज १, २०८० सोमबार १८:५९, काठमाडौँ

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

राउत नेपाल सरकारको भदौ २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन्। राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएका छन्।

प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरिबहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .