जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत पाँच दिनदेखि सदरमुकाम मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक मात्रामा हटाएको छ।
दिनभरको लागि कर्फ्यु हटाए पनि रातको समयमा भने कर्फ्यु जारी राख्ने निर्णय सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले गरेको छ।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्युलाई निरन्तरता दिने निर्णय बैठकले गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव महतोले जानकारी दिए।
दिनको कर्फ्यु आदेश हटाइए पनि मलंगवा नगर क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुश, बैठक गर्न तथा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न भने स्थानीय प्रशासनले निषेध गरेको छ।
यस्तो छ सर्वपक्षीय बैठकको चार बुँदै निर्णय
54
Shares
प्रतिक्रिया