ad ad

समाज


फेरि लम्बियो प्रेम चलाउनेको मुद्दा, घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश

फेरि लम्बियो प्रेम चलाउनेको मुद्दा, घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश

नेपालखबर
असोज ९, २०८० मंगलबार १४:१८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फेरि लम्बिएको छ। सबै अंग पुगिसकेर फैसला चरणमा पुगिसकेको भनिएको मुद्दा फेरि प्रमाण बुझ्ने चरणमा फर्किएको हो। 

हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ गर्न लागिएको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार र मंगलबार भएको सुनुवाइपछि यो आदेश भएको हो।

सुनुवाइको पहिलो दिन चलाउनेका तर्फबाट र अभियुक्तका तर्फबाट केही कानुन व्यवसायीले बहस गरेका थिए। उनका तर्फबाट बहस गर्न २९ जनाले वकालतनामा पेस गरेका छन्।

चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए।

योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरलगायतविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।

कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .