प्रहरीले दोलखाबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
गएराति दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट अवैध सुनसहित उनीहरुलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) किरण राणाले जानकारी दिइन्।
‘बुधबार राति इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित उनीहरुलाई पक्राउ गरेको हो,’ दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्कालाई उद्धृत गर्दै राणाले नेपालखबरसँग भनिन्, ‘आजै दिउँसो पत्रकार सम्मेलन गरेर दोलखा प्रहरीले यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।’
लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ। एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
54
Shares
प्रतिक्रिया