ad ad

समाज


इन्द्रजात्रा : जीवित देवी कुमारीको रथयात्रा, राष्ट्रपतिले गरे दर्शन (तस्बिरहरू)

इन्द्रजात्रा : जीवित देवी कुमारीको रथयात्रा, राष्ट्रपतिले गरे दर्शन (तस्बिरहरू)

नेपालखबर
असोज ११, २०८० बिहिबार १८:९, काठमाडौँ

काठमाडौंको वसन्तपुरमा जारी इन्द्रजात्रामा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन्। 

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ। 

मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो। 

बिहीबार जात्रामा सहभागी हुन पुगेका राष्ट्रपति पौडेलले रथ अवलोकन गरेका हुन्।

नेवारले समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्। 

इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुरमा भीभीआईपीहरू हिँडेरै पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .