ad ad

समाज


आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

नेपालखबर
असोज १३, २०८० शनिबार २०:५७, काठमाडौँ

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति जुटेको हो।

सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। 

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।

पछिल्लो समय मणिपाल-पोखरा, माडी,चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन्। 

यस्तो छ सहमतिः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .