ad ad

समाज


काठमाडौंका सीडीओ भन्छन् : महानगरले खुला मञ्च बन्द गर्न पाउँदैन

काठमाडौंका सीडीओ भन्छन् : महानगरले खुला मञ्च बन्द गर्न पाउँदैन

नेपालखबर
असोज १४, २०८० आइतबार १३:५६, काठमाडौँ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन्।

आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताएका हुन्। उनले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताए। उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए।

उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरुले माईतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए।

प्रजिअ बस्नेले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माईतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए।

उनले काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माईतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताए। प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरुलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए।

उनले भने,‘काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग भएको छ्रैन। सुरक्षाको हिसावले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध छ। विभिन्न र्‍याली, हजारौंको सख्यामा प्रदर्शन भइरहेको छ। हामीले उनीहरुलाई साइडमा हिँडाएर नियमन गर्न सकेका छैनौं। ट्राफिक सचेतना सबैलाई जगाउन जरुरी छ। प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक भएको छ। हामीले सडकको साइडको लेन प्रयोग गर्नु भनेका छौं।’

उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए। उनले देशभरबाट प्रदर्शन गर्न आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे।

उनले भने,‘देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ पनि छैन। विगत लामो समयदेखि प्रर्दशन, सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुल्ला मञ्चको रुपमा प्रयोग भएको थियो। त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ। कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छै्रन। खुलामञ्च नेपाल सरकारको नाममा छ। त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह महानगरले प्रयोग गर्ने हो अन्योल छ।’

उनले विगत लामो समयदेखि प्रदर्शन, सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुला मञ्चको रुपमा प्रयोग भएको तर अहिले बन्द रहेको भन्दै खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए।

उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्ने बताए। उनले ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .