एकजना युवकलाई चक्कु हानेर घाइते बनाइएको बागमती करिडोरको तिलगङ्गास्थित सडकखण्डमा पेस्तोल पनि भेटिएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् एसएसपी दिनेश मैनालीका अनुसार सोमबार ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका-९ स्थित तिलगंगामा उक्त घटना भएको हो।
बागमती कोरिडोरसँगैको एउटा घरमा अज्ञात व्यक्तिले बाराको कलैया नगरपालिका-२१ घर भई हाल कोटेश्वर ३८ वर्षीय साविर हुसेनलाई चक्कु हानेर फरार भएका थिए।
घटनालगत्तै प्रहरी घटनास्थलमा पुगी घाइते हुसेनलाई उद्धार गरेर अस्पताल पठाएको थियो। घाइतेको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेका मैनालीले बताए।
प्रहरी घटना भएको उक्त घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र घटनामा प्रयोग गरेको चक्कु पनि बरामद गरेको छ। एसएसपी मैनालीले घटनाको अनुसन्धान जारी रहेको बताए।
Shares
प्रतिक्रिया