ad ad

समाज


सशस्त्र प्रहरीद्वारा ८० लाख बराबरको लत्ताकपडा बरामद

सशस्त्र प्रहरीद्वारा ८० लाख बराबरको लत्ताकपडा बरामद

नेपालखबर
असोज १६, २०८० मंगलबार १२:५७, काठमाडौँ

सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित तारापट्टिबाट सशस्त्र प्रहरीले करीब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं‍ ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मूल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्थानीयवासीको तीनवटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको भन्ने खुल्न सकेको छैन।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ।

पछिल्लो समय नजिकिँदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको डिएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .