दाङको लमहीस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटले ३३ वर्ष लामो सरकारी सेवाका क्रममा तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेर कमाएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको २०४६ हसार ३० देखि २०७९ मङ्सिर ६ गतेसम्मको समग्र आयव्यय हेर्दा करोडौँ भ्रष्टाचारको सम्पत्ति जम्मा गरेको पाइएको हो।
अख्तियारले रानाभाटले ३३ वर्ष लामो सेवाअवधिका क्रममा तीन करोड १५ लाख ८१ हजार २०६६ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरेर कमाएकको निष्कर्ष निकालेको छ।
उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलको मागदाबीसहित विशेष अदालतमा बुधबार आरोपपत्र दायर भएको दाहालले बताए। अख्तियारले उक्त रकम बराबरको सम्पत्तिको स्रोत नखुलेकाले मुद्दा दायर गरिएको जानकारी दिएको छ।
रानाभाटले भ्रष्टाचार गरेर कमाएको गैरकानुनी सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा राखेको पाइएको छ। जग्गा खरिद, घर निर्माण, शेयर खरिद र बैंक खाताहरूमा राखेको पाइएकाले राधाविरुद्ध पनि मुद्दा चलाइएको छ।
राधाविरुद्ध बिगो दाबी नगरिए पनि उनीसँगको गैरकानुनी सम्पत्ति जफतका लागि मुद्दा चलाइएको हो।
Shares
प्रतिक्रिया