ad ad

समाज


सेनालाई ‘स्टान्डबाई’ रहन निर्देशन, जुनसुकै बेला परिचाल गर्न सकिने

सेनालाई ‘स्टान्डबाई’ रहन निर्देशन, जुनसुकै बेला परिचाल गर्न सकिने

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८० बुधबार १८:४६, काठमाडौँ

सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको हो। 

पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सेनालाई यस्तो निर्देशन गरिएको हो।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ। त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ।

अझै पनि कर्फ्यु जारी राखिएको छ। देशका विभिन्न भागमा दुई समुदायबीच हिंसाको अवस्था उत्पन्न हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो। 

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .