उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले हिन्दु धर्मगुरू आचार्य श्रीनिवासलाई पक्राउ गरेको घटनाप्रति ॐकार सेना नेपालले आपत्ति जनाएको छ।
सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको चक्रघट्टीबाट नियन्त्रणमा लिएपछि ॐकार सेनाले तत्काल रिहा गर्न भनेको हो।
ॐकार सेनाले भनेको छ, ‘देशका विभिन्न ठाउँमा सनातन धर्मविरुद्धमा जातीय र धार्मिक युद्ध गराउने उद्देश्यले गैरकानुनी रुपमा गाईगोरु काटेर भोज खाँदै सामाजिक सञ्जालमा भिडिओ हाल्नेविरुद्ध राज्य लाग्नुको साटो विचार व्यक्त गरेकै आधारमा श्री निवाशाचार्यलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। धर्मगुरुलाई बिनाशर्त रिहा गर्न माग गर्दछौँ।’
संगठनले आफूहरुको मागको बेवास्ता गरिए प्रतिकार गर्ने चेतावनी दिँदै उत्पन्न परिस्थितिको जिम्मेवार राज्य हुने जनाएको छ। ॐकार परिवार एकीकृत भई आन्दोलनमा उत्रिए आह्वानसमेत गरेको छ।
श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर उत्तेजक अभिव्यक्ति दिएका थिए।
Shares
प्रतिक्रिया