ad ad

समाज


पुल्चोक क्याम्पसमा शुल्क विवाद : प्राध्यापकले दिए सामुहिक राजीनामा

पुल्चोक क्याम्पसमा शुल्क विवाद : प्राध्यापकले दिए सामुहिक राजीनामा

नेपालखबर
असोज १७, २०८० बुधबार २१:४०, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापकहरूले सामुहिक राजीनामा दिएका छन्।

बुधबार विज्ञप्ति प्रकाशित गरी क्याम्पसका डिन, सहायक डिन, विभागीय प्रमुख, उपप्रमुखहरूले सामुहिक राजीनामा दिएको जनाएका छन्।

बुधबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले ‘स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामुहिक राजीनामा दिने निर्णय’ गरेको हो।

निमित्त क्याम्पस प्रमुख रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०५०/०६/१७ गते यस पुल्चोक क्याम्पसका नि. क्याम्पस प्रमुख उप.प्रा लोकनाथ रेग्मीज्यूको अध्यक्षतामा सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखहरु, विभागीय उपप्रमुखहरु, एमएस्सी कोअर्डिनेटरहरु, निर्देशक तथा प्रशासन प्रमुखको उपस्थितमा बैठक बस्यो। यस इन्जिनियरिङ अध्ययन संस्थानका डीन, सहायक डीनहरुलाई अनाधिकृत, अनुचित दबाब सिर्जना गरी नियोचित तवरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथि नै संकट पर्ने कार्य भएको ठहर गर्दै यो अवस्थामा अब हुने वार्ताको औचित्य समाप्त भएकोले इ.अ.सं. कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्क बमोजिम प्रवेश परीक्षा संचालन नभएमा क्याम्पस संचालन गर्न असमर्थ हुने देखिएको हुनाले स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामुहिक राजिनामा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ।’

यता, इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डा. शशीधर राम जोशीले पनि विभिन्न संगठनको नामबाट आएका विद्यार्थी संगठनहरुले चर्को दबाबमा मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गराइएको भन्दै कार्यान्वयन गर्न नसक्ने बताएका छन्।

उनले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बीई, वि आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.स. के आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा नयाँ विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको विषयमा मिति २०८०।०६।१५ गते स्ववियु सभापतिहरुसँग छलफल चलिरहेको समयमा बाहिरबाट विभिन्न संघ संगठनका नाममा आएक विद्यार्थीहरुको समूहको चर्को दबाबमा मिति २०६०।०६।१५ गते राति सहमति पत्रमा हस्ताक्षर गर्न लगाएको र उक्त सहमति वि.वि. इ.अ.सं. कार्यान्वयन समिति र विद्यापरिषद्को निर्णय विपरित रहन जाने भएकोले उक्त निर्णय कार्यान्वयन गर्न नसकिने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बिन्धित सबैमा जानकारी गराउन चाहन्छु। साथै इ.अ.सं. गरिमा बचाउँदै प्रवेश परीक्षालाई व्यवस्थित पारदर्शी बनाउन इ.अ.सं. कटिवद्ध भएर लागिरहेको र प्रवेश परीक्षा यथासिघ्र संचालनको लागि प्रयासरत रहेको समेत जानकारी गराउँदछु। यस असहज परिस्थितमा सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहयोगको समेत अपेक्षा गर्दछु।’

स्मरणीय छ, पुल्चोक क्याम्पसमा शुल्क विवादका कारण केही समययता तनाव सिर्जना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .