सिन्धुपाल्चोकमा बाख्राको मासु खाएर सुतेका १३ जना स्थानीय गम्भीर बिरामी परेका छन्।
हेलम्बु गाउँपालिका-४ ग्यालथुङमा विषाक्त मिसिएको बाख्राको मासु र खाना खाएर सुतेका १३ जना गम्भीर बिरामी भएका हुन्।
मंगलबार राति ९ बजे स्थानीय सुमार तामाङको घरमा छिमेकीहरु १३ जना भेला भएर दाल, भात र बाख्राको मासु खाएका थिए। बाख्राको मासु खाएर सुतेका सबैजना गम्भीर बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुलाई तत्कालै नगर अस्पताल मेलम्चीमा उपचारका लागि भर्ना गरिएको थियो। जसमध्ये चारजना गम्भीर बिरामी र ९ जना सामान्य बिरामी भएको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये ४ जनालाई हेलटिङ अस्पताल र कान्तिपुर अस्पताल काठमाडौंमा थप उपचारका लागि लगिएको थियो। उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको छ।
60
Shares
प्रतिक्रिया