ad ad

समाज


प्रेम चलाउनेलाई आक्रमण गर्ने युवक कारागार चलान

प्रेम चलाउनेलाई आक्रमण गर्ने युवक कारागार चलान

नेपालखबर
असोज १९, २०८० शुक्रबार २१:१६, काठमाडौँ

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने युवक सयुज श्रेष्ठ कारागार चलान भएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

उनले यसअघिको आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदातलले सयुजसहित ७ जनालाई धरौटीमा छाड्ने आदेश दिएपछि चलाउने अदालतको निर्णयविरुद्ध उच्च अदालत गएका थिए।

उच्च अदालतले २०७७ फागुनमा पाँच लाख धरौटी, एक लाख अन्तरिम क्षतिपूर्ति तिराउन र नतिरे थुनामा पठाउन आदेश दिएको थियो।

उक्त आदेशविरुद्ध चलाउने सर्वोच्च अदालत गएका थिए।

चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिवि विश्वविद्यालय परिसरमा कुटपिट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .