ad ad

समाज


युद्धग्रस्त इजरायलमा ज्यान जोगाउन सुदूरपश्चिमका ११ विद्यार्थी बंकरमा

एकजनाले भने- सुरक्षित स्थानमा सार्दिनपर्‍यो दाइ!
युद्धग्रस्त इजरायलमा ज्यान जोगाउन सुदूरपश्चिमका ११ विद्यार्थी बंकरमा

नेपालखबर
असोज २१, २०८० आइतबार १०:२९, काठमाडौँ

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू पनि पीडामा पर्ने क्रम जारी छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार रातिसम्म दिएको जानकारीअनुसार घटनामा शनिबार बिहानदेखि ३ नेपाली सम्पर्कविहीन छन् भने ९ जना घाइते भएका छन्। 

नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले जनाएको छ। 

त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए। तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार गरिएको छ। 

आक्रमणबाट प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी रहेको एनआएनएले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यसैबीच अध्ययनका लागि सुदूरपश्चिम प्रदेशबाट इजरायल गएका ११ जना विद्यार्थी ज्यान जोगाउन बंकरमा लुकिरहेको सूचना प्राप्त भएको छ।  

त्यहाँबाट एकजना विद्यार्थीले नेपालखबरलाई गरेको म्यासेजअनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थीमध्ये ११ जना पम्मी टासज भन्ने स्थानको कृषि फार्म हाउसको बंकरमा लुकेर बसिरहेका हुन्। 

उनीहरूमध्ये एकजनाले नेपालखबरलाई गरेको म्यासेज यस्तो छ- ‘युद्ध जारी रहेको स्थानबाट २५ किमि टाढा छ। तर हाम्रो फार्म आवासीय क्षेत्रबाट अलि टाढा छ। सबै जना आत्तेका छन्। हिजो बिहानदेखि बंकरमा छौँ। बाहिर जानसक्ने अवस्था छैन। आतंकवादी प्रवेश गर्लान् भन्ने डर छ। अहिले हामी यो फार्ममा हामी ११ जना मात्र छौँ। बाहिर निस्कने आँट नै छैन। हिजो बिहान साथीहरुको घटनाले। यताबाट अर्को सुरक्षित ठाउँमा सर्न पाको भए हुन्थ्यो दाइ। सिफ्ट गर्दिन पर्‍यो दाइ यताबाट। सबै जना सुदूरपश्चिमका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .