ad ad

समाज


युद्धग्रस्त इजरायलमा कति छन् नेपाली? कस्तो छ उनीहरूको अवस्था?

युद्धग्रस्त इजरायलमा कति छन् नेपाली? कस्तो छ उनीहरूको अवस्था?

नेपालखबर
असोज २१, २०८० आइतबार १४:१०, काठमाडौँ

प्यालेस्टाइनी विद्राेही समूह हमासको आक्रमणका कारण द्वन्द्वग्रसत् इजरायलमा हाल कूल ४ हजार ७ सय ६५ जना नेपाली रहेको सरकारले जनाएको छ।  

तीमध्ये ४ हजार ५ सय केयरगिभरका रूपमा कार्यरत छन् भने २६५ जना विद्यार्थी छन्। 

इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत त्यहाँ गएका २६५ नेपाली विद्यार्थीमध्ये १२ जनाको अवस्था अज्ञात रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन्। 

ती विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको उनले बताएका छन्। तर यसको विवरण एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्रमन्त्री साउदको भनाइ छ। 

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजदूतावास प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ।’

थप जानकारीका लागि तल परराष्ट्रमन्त्रीको सम्बोधन सुन्नुहाेला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .