ad ad

समाज


तिब्बती रुटबाट सगरमाथा आरोहणमा हिँडेका एक नेपालीसहित दुई जनाको मृत्यु

तिब्बती रुटबाट सगरमाथा आरोहणमा हिँडेका एक नेपालीसहित दुई जनाको मृत्यु

शिशापाङ्मा हिमाल


नेपालखबर
असोज २१, २०८० आइतबार १७:२५, काठमाडौँ

तिब्बती रुटबाट सगरमाथा आरोहण गर्न गएका एक अमेरिकी र नेपाली पर्वतारोहीको हिमपहिरोमा परी मृत्यु भएको छ। तिब्बती हिमाल शिशापाङ्माको हिमपहिरोमा परी अमेरिकी पर्वतारोही अन्ना गुटु र नेपाली गाइ मिङ्मार शेपाएको मृत्यु भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

शनिबार ७ हजार ६ सय र ७ हजार मिटरको उचाइमा आएको दुईवटा हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको सिन्ह्वाले उल्लेख गरेको छ।

त्यस्तै, अर्की एक अमेरिकी पर्वतारोही जिना मेरी रजुसिडलो र नेपाली गाइड तेन्जेन शेर्पा बेपत्ता भएको समाचारमा उल्लेख छ।

करिब ८ हजार मिटरको उचाइमा रहेको शिशापाङ्मालाई सजिलो पहाडमध्ये एक मानिन्छ। पर्वतारोहीहरूले यसलाई ‘आठ हजार’ भनेर पनि चिन्ने गरेका छन्। 

हिमपातका कारण सबै सो मार्गमा आरोहण ठप्प छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .