ad ad

समाज


दसैँको अग्रिम टिकट बुकिङ आजदेखि, पुरानै भाडामा टिकट पाइने

दसैँको अग्रिम टिकट बुकिङ आजदेखि, पुरानै भाडामा टिकट पाइने

नेपालखबर
असोज २२, २०८० सोमबार ६:८, काठमाडौँ

आज (२२ असोज) देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो।

यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन्।

गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। 

दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन्। अघिल्ला वर्ष समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरेको थियो। 

यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको भनेर ढिलाइ गेका हुन्।

कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन थालिने जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .