ad ad

समाज


एसियाली विकास बैंकका पूर्वअध्यक्ष भन्छन् : नेपालले विदेशिएका युवालाई देशमै फर्काउनुपर्छ

एसियाली विकास बैंकका पूर्वअध्यक्ष भन्छन् : नेपालले विदेशिएका युवालाई देशमै फर्काउनुपर्छ

नेपालखबर
असोज २२, २०८० सोमबार १४:३६, काठमाडौँ

एसियाली विकास बैंकका पूर्वअध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन्। चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए।

काठमाडौंमा आयोजित युवासँगको एक अन्तरसंवादमा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे। नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव दिए।

नेपाली विद्यार्थीहरु विदेश गइरहेकोतर्फ सङ्केत गर्दै कुरोदाले भने, ‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ। छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ।’

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासँगै अग्रसरता आवश्यक भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .