नरेन्द्रजंग पिटरद्वारा लिखित वकपत्र पुस्तक सार्वजनिक भएको छ।
काठमाडौंमा सोमवार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो।
जिन्दगीबारे लेख्नुभन्दा पहिले जिन्दगी जिउनुपर्ने विषय पुस्तकमा समेटिएको छ। पुस्तकमा जीन संघर्षबारे यथार्थ चित्रण गरिएको छ।
कृतिमा जनयुद्ध र तत्कालीन माओवादीको आन्तरिक द्वन्द्वका घटनाहरुको विश्लेषण गरिएको छ। पुस्तक तथ्यमा आधारित र विचारहरुमा सुन्दरता रहेको कृति समिक्षाकारहरुले औंल्याएका छन्।
24
Shares
प्रतिक्रिया