ad ad

समाज


रेस्क्युपछि नेपाली विद्यार्थीले भने– खाने कुरा पायौं, आर्मीको सुरक्षाामा छौँ

रेस्क्युपछि नेपाली विद्यार्थीले भने– खाने कुरा पायौं, आर्मीको सुरक्षाामा छौँ

नेपालखबर
असोज २२, २०८० सोमबार १७:३२, काठमाडौँ

हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालका अनुसार अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यू गरिरहेको छ। 

आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी गराएका छन्। 

‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्,’ उनले भनेका छन्।

उनका अनुसार केहीलाई अहिले आर्मीले उद्धार गरेर लगिसकेको छ भने केहीको आधा घन्टामै उद्धार हुने बबताइएको छ।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ। 

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .