ad ad

समाज


इजरायलका अस्पतालमा भेटिएनन् कञ्चनपुरका विपिन, खोजी जारी

इजरायलका अस्पतालमा भेटिएनन् कञ्चनपुरका विपिन, खोजी जारी

फाइल तस्बिर : विपिन जोशी


नेपालखबर
असोज २४, २०८० बुधबार १३:११, काठमाडौँ

इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ। 

दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका विपिनसँगै बस्ने विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालमा खोजी गरिरहेको हो।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेको र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए।

उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .