सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै हुने भएको छ।
उक्त सेवा भोलि (असोज २५) गतेबाट सुरु हुन लागेको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले जानकारी दिएको छ।
मंगलबार बिहान ९ बजे एकान्तकुनामा आयोजित एक कार्यक्रममार्फत सेवा सञ्चालन गर्न लागिएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवा शुभारम्भ गर्ने बताइएको छ।
1.6k
Shares
प्रतिक्रिया