ad ad

समाज


प्रधानमन्त्री रोजगार कार्यक्रमका सय जनालाई डे‌ंगु नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

प्रधानमन्त्री रोजगार कार्यक्रमका सय जनालाई डे‌ंगु नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

नेपालखबर
असोज २५, २०८० बिहिबार १५:३३, काठमाडौँ

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ।

आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँट गरिएको छ।

यसरी परिचालन भएका जनशक्ति थप हुन्। वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले परिचालन गरेका आफू मातहतका कर्मचारीहरुले नियमित काम गरिरहनेछन्।

जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ। हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन्। आज टोलीले नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गर्नेछन्।

जनशक्तिलाई कामका बारेमा जानकारी गराउँदै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, परिचालित जनशक्तिबाट सुग्घर सडक अपेक्षा गरिएको नतिजा भएको बताए।

त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भोलिदेखि टेकुमा भेला गरेर फरक फरक दिनमा फरक फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिए।

सफाइका क्रममा पानी जमेका खाल्टा देखिए खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्ने काम गर्नु पर्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कामको विवरण उल्लेख गरे।

वातावरण व्यवस्थापन विभागकाअनुसार पर्वलक्षित सफाइ सडक केन्द्रित हुनेछ। झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन्। यस क्रममा ब्रुमर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईकाअनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ। यसवापत उनीहरुले दैनिक ६६८ रुपैयाँ पारिश्रमिक पाउँछन्। उनीहरुका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .