बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत अवस्थामा फेला परेका छन्। उनी आफ्नै निवासमा मृत फेला परेका हुन्।
बिहीबार साँझ जितपुर सिमरा–२ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेशप्रसाद काफ्लेले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
उनी २०७४ सालमा जितपुर सिमराको प्रमुख निर्वाचित भएका थिए। पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन्।
624
Shares
प्रतिक्रिया