पूर्व अरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ।
कम्पनीले आइतबारबाट बसपार्क सञ्चालनमा ल्याएको हो। कम्पनीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरपालिकाले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो।
जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर यस कम्पनीले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो।
297
Shares
प्रतिक्रिया