द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन्।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएका हुन्।
ब उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी पनि राजदूत शर्माले दिएका छन्।
नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।
यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो।
१० नेपाली विद्यार्थी भने हमास हमलामा मारिए। यस्तै कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्। उनको खोजी जारी रहेको सरकारले जनाएको छ।
इजरायलबाट दिल्ली विमानस्थलमा १८ नेपाली आइपुगेका थप तस्बिर-
42
Shares
प्रतिक्रिया