दिनप्रतिदिन तापक्रम घट्दै र चिसो बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन बिदा भएयता देशभर नै क्रमशः तापक्रम घट्दै जाडो सुरु हुन थालेको छ।
यस क्रममा काठमाडौँ उपत्यकाको तापक्रम एकदिनमै १ डिग्री ओरालो लागेको छ। मौसमविद् मानन्धरका अनुसार मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री रहेकामा आज बुधबार बिहान १२.६ डिग्री सेल्सियसमा झरेको हो। एक हप्ताअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री थियो।
‘तराईतिर भने न्यूनतम तापक्रम केही घटे पनि अधिकतम तापक्रम खासै घटेको छैन’, मौसमविद् मानन्धरले भनिन्, ‘विराटनगर, जनकपुर, भैरहवाजस्ता ठाउँमा अहिले पनि अधिकतम तापक्रम ३० देखि ३३ डिग्री नै छ, तर पनि तापक्रम क्रमिक रूपमा घट्दो नै छ।’
192
Shares
प्रतिक्रिया